खेलकुद

रुपन्देही ११ उदयपुर गोल्डकपको फाइनलमा

उदयपुर, ३ फागुन । हिमालयन शेर्पालाई पछि पार्दै रुपन्देही ११ उदयपुरमा जारी चौथौा रमपम गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
झापा ११ लाई हराउादै सेमिफाइनलमा प्रवेश गरेको हिमालयनलाई रुपन्देहीले सेमिफाईनलमा ३–२ ले पछि पारेको हो । जितसागै रुपन्देही मोरङ ११ संग आगामी ५ गते फाईनल खेल्नेछ । रुपन्देहीको जितमा २० औा मिनेटमा अमर डंगोलले खाता खोले । निकै प्रतिस्पर्धात्मक खेलमा ३७ औा मिनेटमा दिपक राईले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा शेर्पाको तर्फबाट विश्वास श्रेष्ठले १ गोल फर्काएका थिए । पााच मिनेट थप गरिएकोमा ९१ औं मिनेटमा रुपन्देहीकै तर्फबाट दिपक राईले नै थप एक गोल गरे । त्यस लगत्तै ९२ औं मिनेटमा शेर्पाका विदेशी खेलाडी एलेक्सले १ गोल थपेका थिए । टिमका लागि निर्णायक गोल गर्न सफल रुपन्देहीका दिपक राई नै खेलको म्यान अफ दि म्याच घोषित भए । बुधबारको खेल सम्मानमा स्थानीय कर्मचारी र पत्रकारको विरुद्ध आयोजक र राजनीतिक दलबीच प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा