खेलकुद

रोनाल्डोको ह्याट्रिकमा रियल विजयी

काठमाडौं, २० बैशाख । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको सेमिफाइनलको पहिलो लेगमा रिलय मड्रिडले शानदार जित हासिल गरेको छ ।

क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको हो। घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हरायो ।

पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा थप दुई गोल गर्दै च्याम्पियन्स लिगमा अर्को ह्याट्रिक पूरा गरे ।
१० औं मिनेटमा रोनाल्डोले पहिलो गोल गरेपछि रियलले पहिलो हाफमा १–० को अग्रता लियो । ७३ औं मिनेटमा अग्रता दोब्बर पारेका रोनाल्डोले ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

योसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म एक सय तीन गोल गरेका छन् । यो एथ्लेटिको मड्रिडले समग्र क्लबले नै च्याम्पियन्स लिगमा गरेको गोल भन्दा तीन गोल बढी हो ।एथ्लेटिकोसँगको खेलमा रियलले १७ पटक पोस्ट प्रहार ग¥यो करिम बेन्जिमाले गोल गर्ने सुन्दर मौका बनाएका थिए । रोनाल्डोलाई रोक्क एथ्लेटिकोको टिम कमजोर बन्यो र रियलको चार वर्षमा तेस्रो पटक फाइनलमा तर्फको यात्रा सहज बन्दै गयो ।

गएको वर्ष रियलले फाइनलमा एथ्लेटिकोलाई नै हराएर उपाधि जितेको थियो । त्यसअघि सन् २०१४ मा पनि एथ्लेटिकोलाई नै फाइनलमा हराएर रियलले उपाधि जितेका हो । रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म सात पटक ह्याट्रिक गरेका छन् । योसँगै उनले च्याम्पियन्स लिगमा धेरै पटक ह्याट्रिक गर्ने कीर्तिमानमा बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन् ।

मेस्सीले पनि सात पटक ह्याट्रिक गरेका छन् । दोस्रो लेग अब एथ्लेटिकोको मैदानमा हुनेछ । च्याम्पियन्स लिगको इतिहासमा सेमिफाइनलको पहिलो लेगमा तीन वा बढी गोल अन्तरले पराजित भएको टिम फाइनलमा पुग्न सकेको छनै । यसअछि पाँच टिम च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा तीन वा त्यो भन्दा बढी गोलले पराजित भएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा