खेलकुद

रोनाल्डोले भंग गरे आफ्नै कीर्तिमान

एजेन्सी, ६ मंसीर । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा आफ्नै कीर्तिमान भंग गरेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा साबिक विजेता रियल मड्रिडले एपोइल निकोसियालाई ६–० ले हरायो । अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउने क्रममा करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले दुई दुई तथा लुका मोड्रिक र नाचोले एक एक गोल गरे ।

ला लिगामा एक गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणका पाँच खेलमा ८ गोल गरेका छन् । उनी एक वर्षभित्र च्याम्पियन्स लिगमा १८ गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । उनले यसअघि एक वर्षमा च्याम्पियन्स लिगमा १६ गोल गरेका थिए ।  यो वर्ष भने १८ गोल गर्दै आफ्नै कीर्तिमान भंग गरेका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा