खेलकुद

रोनाल्डो बने जुम्ल्याहा सन्तानको पिता

एजेन्सी, २८ जेठ । क्रिष्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बनेका छन् ।

रोनाल्डो सरोगेट मदरको मार्फत जुम्ल्याहा एक छोरा र छोरीको पिता बनेको पोर्चुगिज टेलिभिजन एसआइसीलाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ ।

सरोगेट मदरमार्फत जन्मिएकी रोनाल्डोको छोरीको नाम इभा र छोराको नाम माटेओ रहेको दाबी गरिएको छ ।

तर पोर्चुगिज स्टार रोनाल्डोले आधिकारिक रुपमा यसको पुष्टि गरेका छैनन् । रोनाल्डो यसअघि पनि सन् २०१० मा सरोगेट मदरको सहयोगमा पिता बनेका थिए । रोनाल्डोका जेठो छोरा क्रिष्टियानो जुनियर अहिले सात वर्षका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा