खेलकुद

लिग कपको उपाधि पिएसजीलार्इ लगातार पाँचाै पटक

काठमाडाैं, १८ चैत । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा आफ्नो दबदबा कायम राखिरहेको छ । लिग वानमा प्रभावशाली प्रदर्शन गरिरहेको पिएसजीले फ्रेन्च लिग कपको उपाधि लगातार पाँचौँ पटक उचालेको छ । शनिबार राति भएको फाइनलमा नेइमार बिहीन पिएसजीले मोनाकोलाई ३–० ले हराएर उपाधि उचालेको हो ।

पिएसजीको जितमा एडिसन काभानी, एन्जल डी मारियाले गोल गरे । ८ औँ मिनेटमा नै गोल गर्दै काभानीले पिएसजीलाई सुरुवाति अग्रता दिलाए । २१ औँ मिनेटमा डी मारियाले गोल गर्दै अग्रता दोब्बर पारे । मोनाकोका लागि राडामेल फाल्काओले हेडर मार्फत गोल गरेका थिए तर भिडियो एसिस्टेन्ट रेफ्री भिएआरबाट हेर्दा उनको गोलले मान्यता पाएन । पिएसजीका लागि खेलको अन्त्यतिर काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित दिलाए ।

योसँगै पिएसजीले पछिल्लो पाँच सिजनमा घरेलु लिगका मुख्य १३ मध्ये ११ वटामा ट्रफी जितेको छ । यस्तै यो सिजन लिग वानको उपाधि जित्ने होडमा छ । पिएसजी अहिले लिग वानमा दोस्रो स्थानको मोनाको भन्दा १७ अंकले अघि रहेको छ । स्टार स्ट्राइकर नेइमार चोटका कारण मैदान बाहिर रहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://www.pinterest.com/pin/845058317554751138/ says:

    Muchos Gracias for your blog article.Thanks Again.

    https://www.pinterest.com/pin/845058317554751138/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा