खेलकुद

लुम्बिनी पिस म्याराथनको उपाधि सेनाका होमलाललाई

लुम्बिनी, २९ फागुन । तेस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले हात पारेका छन ।
४२ दशमलव एक नौ पाँच किलोमिटरको दुरी होमलाल श्रेष्ठले २ घण्टा २२ दशमलव तीन छ सेकेण्डमा पूरा गरेर पहिलो स्थान हासिल गर्न सफल भएका हुन । सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की २ घण्टा २४ दशमलव दुई चार सेकेण्डको टाइमिङ सहित दोस्रो र नेपाल आर्मीका खगेन्द्र भाटले तेस्रो स्थान हासिल गरेका छन ।
भाटले २ घण्टा २४ दशमलव चार एक सेकेण्डमा दौड पूरा गरेका थिए । श्रेष्ठले १ लाख नगद प्राप्त गर्नुभयो । त्यसैगरि दोस्रोले ७५ र तेस्रोले ५० हजार रुपैया प्राप्त गरेका छन् । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी कपिलबस्तु फर्केको दिन फाल्गुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्धजन्मस्थल लुम्बिनीमा आईतबार पिस म्याराथनको आयोजना गरिएको हो ।

बुद्धत्व प्राप्ति पछि कपिलबस्तु आउँदा बुद्धले पिता सुद्धोधनलाई पहिलोपटक भेटेको कुदानबाट म्याराथन शुरु गरिएको थियो । कुदान, तिलौराकोट, दोहनी हुदै मायादेवी बगैंचामा पुगेर म्याराथन सम्पन्न भएको थियो ।
बुद्धिष्ट सर्किट्स डट कम र एड्भेन्चर स्पोर्टस् टुरिजम सोसाइटीले संयुक्त रुपमा गरेको पर्यटनमुलक प्रतियोगितामा हाफ म्याराथनको उपाधि टंक पुनले जितेका छन । पुनले १ घण्टा ९ दशमलव चार नौ सेकेण्डमा दौड पूरा गरेका थिए ।
नेपाल आर्मीका रामजी बस्नेतले १ घण्टा १० दशमलव दुई आठ सेकेण्ड र आर्मीकै टीकाराज कट्वालले १ घण्टा १० दशमलव तीन एक सेकेण्डमा दौड पुरा गरी दोश्रो र तेस्रो स्थान हासिल गर्न सफल भए । हाफ म्याराथनका विजेताले ५० हजार उपविजेताले ३५ र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा ७ विदेशीसहित ५५ जनाको सहभागिता थियो । चिन, बेलायत, स्पेन, इटाली र जमैकाका नागरिकहरु प्रतियोगितामा सहभागी भएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा