खेलकुद

विमल गुरुङको कप्तानीमा यू–२३ टिम घोषणा

काठमाडौ, २५ असार । बंगलादेशको यू–२३ टोलीसँगको मैत्रीपूर्ण खेलको लागि विमल घर्तीमगरको कप्तानीमा नेपाली यू–२३ फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघले आइतबार विमलको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बंगलादेशको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एन्फाले प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ खेलाडी छनोट गरेको हो ।

नेपाली टोलीमा कप्तान विमलसहित उपकप्तान अनन्त तामाङ, एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ र लक्ष्मण जिसी रहेका छन् । नेपाली टोलीमा हेमन गुरुङ, हेमन्त थापा मगर, सुमन लामा, सुनील बल, पुजन उपरकोटी,तेज तामाङ, डोना थापा, विवेक बस्नेत,अन्जन बिष्ट, सन्जोग राई र विश्वास श्रेष्ठ परेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा