खेलकुद

विश्वकप छनौट अन्तर्गतको खेलमा फ्रान्स पराजित

एजेन्सी, २७ जेठ । विश्वकप २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा स्वीडेनले फ्रान्सलाई हराएको छ ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा रहेको फ्रान्स स्वीडेनसँग अवै मैदानमा २–१ पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा स्वीडेनलाई जिताउन जिमी डर्माज र ओला टोइवोननले गोल गरे ।

फ्रान्सका लागि ओलिभर जिरउडले एक गोल गरे । जिरउडले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।

इन्जुरी समयमा टोइवोभननले गोल गरेपछि स्वीडेन २–१ ले विजयी भयो । जितसँगै स्वीडेन समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १३ अंक भएको छ । समान १३ अंक नै भएपनि फ्रान्स दोस्रो स्थानमा झरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा