खेलकुद

विश्वविजेता जर्मनीसँग अष्ट्रेलिया पराजित

काठमाडौं, ६ असार । रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबल अन्तर्गत विश्वकप बिजेता जर्मनीले विजय विजय सुरुआत गरेको छ । सोमबार राति भएको खेलमा एसियन कप विजेता अष्ट्रेलियालाई ३ – २ ले पराजित गर्दै जर्मनीले विजय सुरुआत गरेको हो ।
रुसको सोचीमा युवा खेलाडीले भरिएको जर्मनीलाई जित दिलाउन लार्स स्टिनडल, जूलियन ड्रेक्सलर र लिओन गोरेत्ज्काले समान एक एक गोल गरे । अष्ट्रेलियाका थोमस रोजिक र टोमी जुरिकले एक एक गोल फर्काए ।
ओलाम्पियासकी स्टेडियममा जर्मनीले खेलको पाचौं मिनेटमा नै लार्स स्टिनडलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ४१ औं मिनेटमा अष्ट्रेलियाका रोजिकले एक गोल खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै कप्तान ड्रेक्सलरले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा जर्मनीले २ – १ को अग्रता बनायो ।
दोस्रो हाफमा ४८ औं मिनेटमा लिओन गोरेत्ज्काले गोल गरेपछि जर्मनीले आफ्नो अग्रता ३ – १ को बनायो । तर, खेलको ५६ औं मिनेटमा अष्ट्रेलियाका जूरिकले एक गोल गरेपछि खेल ३ – २ मा पुग्यो । त्यसपछि दुवै टोलीबाट गोल हुन् सकेन र खेल जर्मनीले ३ – २ ले आफ्नो बनायो ।
यो जितसँगै समूह बी को जर्मनीले ३ अंक जोडेको छ । र, जर्मनीको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । यस समूहमा चिलीको पनि ३ अंक छ भने अष्ट्रेलिया र क्यामरुन अंकबिहिन छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा