खेलकुद

वेष्ट इन्डिजसँग भारत पराजित

एजेन्सी, २६ असार । भारतसगको एकमात्र ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा वेष्ट इन्डिजले शानदार जित हासिल गरेको छ ।

जमैकामा भएको खेलमा वेष्ट इन्डिजले भारतलाई ९ विकेटले हराएको हो । आइतबार राति सकिएको खेलमा भारतले दिएको एक सय ९१ रनको लक्ष्य वेष्ट इन्डिजले १८ दशमलव ३ ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि एविन लुइसले मात्रै ६२ बलमा १२ छक्का र ६ चौकाको मद्दतमा नटआउट एक सय २५ रन बनाए ।

यस्तै मार्लोन स्यामुएल्सले ३६ तथा क्रिस गेलले १८ रनको योगदान दिए ।यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९० रन बनायो । उसका लागि दिनेश कार्तिकले ४८, कप्तान विराट कोहलीले ३९ तथा ऋषव पन्तले ३८ रन बनाए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा