खेलकुद

शनिवार हुने नेपाल र केन्याबीचको क्रिकेटको सबै तयारी पुरा

काठमाडौ, २६ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत शनिबार नेपाल र केन्याबीच हुने खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।
च्याम्पियनसिप लिगमा खेलाडीको प्रस्तुतिदेखि कीर्तिपुरको खेलमैदान मर्मतसम्मको तयारी पूरा भएको हो । च्याम्पियनसिपअन्तर्गत नेपालले कीर्तिपुरको घरेलु मैदानमा शनिबार र सोमबार केन्यासँग प्रतिस्पर्धा गर्दैछ ।
च्याम्पियनसिप लिगअन्तर्गतको पाँचौ चरणको खेलमा नेपाल केन्यसँग भीड्न लागेको हो । भारतको नोयडामा साता लामो प्रशिक्षण गरेर फर्किएको नेपाली टोलीले त्रिवि मैदानमा अभ्यास गरिरहेको छ ।
नेपाली टोलीको नेतृत्व पारस खड्काले गर्ने छन् । घरेलु मैदानमा जित्नै पर्ने दबावमा खेल्ने नेपाली टोलीमा अहिले सबै सिनियर खेलाडी रहेका छन् । केन्याली टोली खेलका लागि बिहीबार राति ८ बजे काठमाडौ ओर्लदै छ । नेपालले केन्यासँगको खेलपछि हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा