खेलकुद

संकटा क्लव धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनलमा

सुनसरी, ११ फागुन । संकटा क्लब धरानमा जारी १९औ बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
बलियो प्रतिस्पर्धी रुपन्देही–११ लाई १ का बिरुद्ध २ गोलले हराउदै संकटा फाइनलमा पुगेको हो । सिमरा गोल्डकपको विजेता संकटालाई बिजयी गराउन अनिल गुरुङले २ गोल गरेका थिए ।
रुपन्देहीका लागि एक मात्र गोल दिपक राईले गरेका थिए । धरान स्थित एन्फा टेक्निकल सेन्टरमा आज भएको पहिलो सेमिफाइनलमा संकटाका लागि खेल सुरु भएको २३ औ मिनेटमा सजिन थापाको पासमा अनिल गुरुङले पहिलो गोल गरेका थिए ।
अब उपाधीका लागि संकटाले नेपाल पुलिस क्लव र धरान फुटबल क्लव निलो बीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा