खेलकुद

सभामुख कप भलिबलको उपाधी एपीएफलाई

रोल्पा । रोल्पामा सम्पन्न प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधी दुई बिभागीय टोली नेपाली पुलिस र सशस्त्र प्रहरीको एफिएपले जितेका छन ।
आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई २५–२१, १७–२५, ३०–२८ र २५–२३ को सेटमा पराजित गर्दै पुलिसले पुरुषतर्फको स्पर्धा हात पारेको हो ।

यस्तै महिला तर्फ नेपाल पुलिस क्लवलाई २५–९, २५–८ र २५–२० को सोझो सेटमा पाखा लगाउदै एपीएफले उपाधी हात पारेको हो । प्रतियोगितामा पुरुष तर्फ पुलिसका कुल बहादुर थापा सर्वाेत्कृष्ट खेलाडी घोषित भए भने महिला तर्फ एपीएफकी सरस्वती चौधरी सर्बाेत्कृष्ट खेलाडी घोषित भइन ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगितामा महिला र पुरुष दुबैमा क्रमशः प्रथम र द्धितिय हुनेले ३ लाख र २ लाख रुपैया“ नगदसहित मेडल, प्रमाणपत्र र ट्रफी पाएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा