खेलकुद

साफ यू १८ फुटबलः आज नेपालले भुटानको सामना गर्दै

काठमाडौं, ४ असोज । साफ यू १८ फुटबल प्रतियोगिताको उपाधि जोगाउने लक्ष्य सहित नेपाली टोली भुटान यात्रामा निस्केको थियो । दुई वर्षअघि नेपालले घरेलु मैदानमा साफ यू १९ को उपाधि जितेको थियो । यसपटक भने यू १८ का नाममा च्याम्पियनसिप हुँदैछ ।
नेपालले आज भुटानसँग खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्दैछ । राउन्ड रोविनका आधारमा सञ्चालित प्रतियोगितामा भुटानले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराइसकेको छ ।
श्रीलंकाले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल , भुटान , भारत , माल्दिभ्स र बंगलादेशवीच राउन्ड रोविनमा प्रतियोगिता आयोजना गरिएको हो । सबैले एकअर्कासँग खेलिसकेपछि अंकका आधारमा शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुई वर्षअघि नेपालसँग फाइनल खेलको भारतले हारबाट यसपटकको यात्रा सुरु गरेको छ । बंगलादेशलाई ३–० ले पछि परेको खेल अन्ततः भारतले ४–३ ले गुमाएको थियो ।

नेपाली टोली गोलकिपर अर्पण कार्कीको कप्तानीमा रहेको छ भने प्रिजन तामाङ टोलीको उप कप्तान हुन् । छरिङ लोप्साङ गुरुङको प्रशिक्षणमा रहेको टोलीमा ललित मेमोरियल यू–१८ फुटबल च्याम्पियनसिप र खुल्ला च्याम्पियनसिपबाट खेलाडी छनोट गरिएको थियो ।

नेपाली टोली :

१. सन्देश गुरुङ (गोलरक्षक)
२. अभिषेक बराल (गोलरक्षक)
३. अर्पण कार्की (गोलरक्षक)
४. सुमन अर्याल (डिफेन्डर)
५. विश्वास उदास (डिफेन्डर)
६. रोमन लिम्वु (डिफेन्डर)
७. आकाश श्रेष्ठ (डिफेन्डर)
८. अशिम भूषाल (डिफेन्डर)
९. बिकास खवाास (डिफेन्डर)
१०. निराजन महर्जन (डिफेन्डर)
११. राजन गुरुङ (डिफेन्डर)
१२. दिनेश हेन्जन (मिडफिल्डर)
१३. अशोक थापामगर (मिडफिल्डर)
१४. अभिषेक रिजाल (मिडफिल्डर)
१५. एरिक विष्ट (मिडफिल्डर)
१६. अनिल महर्जन (मिडफिल्डर)
१७. सेसाङ आङदाम्वे (मिडफिल्डर)
१८. राजीव लोप्चन (मिडफिल्डर)
१९. राम वोजी (मिडफिल्डर)
२०. धिरज श्रेष्ठ (फरवार्ड)
२१. रेजिन सुब्बा (फरवार्ड)
२२. प्रिजन तामाङ (फरवार्ड)
२३. दिपेश आलेमगर (फरवार्ड)
मुख्य प्रशिक्षकःछिरिङ लोप्साङ गुरुङ
सहायक प्रशिक्षकः पुष्कर शाही
गोलरक्षक प्रशिक्षकः मृगेन्द्र मिश्र
टिम म्यानेजरः गणेश चन्द

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा