खेलकुद

सेमिफाइनलमा रौतहट र मोरङ भिड्दै

फाइनल खेल पाल्पामा हुने
स्याङ्जा, २३ जेठ । स्याङ्जाको वालिङमा जारी एन्फा महिला लिग च्याम्पियनसिप खेल प्रतियोगितामा रौतहट र मोरङ सेमिफानलमा भिड्ने भएका छन् ।
क्वाटर फाइनलमा रौतहट र सर्लाही विच भएको खेलमा रौतहटले सर्लाहीलाई शुन्यका विरुद्ध २ गोल गरेपछि सेमिफाइनलमा पुगेको हो । त्यस्तै मोरङ र नवलपरासी विच भएको क्वाटर फाइनलमा मोरङ्ले १ का विरुद्ध ४ गोल गरेर सेमिफाइनलमा पुगेको छ । फाइनल खेल भने पाल्पामा हुनेछ । राष्ट्रिय महिला लिग फुटवल प्रतियोगिता स्याङजामा १६ गते देखि शुरु भएको थियो । १४ जिल्लाका खेलाडीको सहभागिता रहेको प्रतियोगिता स्याङ्जामा २४ गते समापन हुने छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा