खेलकुद

स्टोक्सको शतकमा पूणेले गुजरातलाई हरायो

काठमाडौं, १९ बैशाख । दशौं आइपीएलका महंगा खेलाडी बेन स्टोक्सको शतकीय इनिङका कारण गुजरात लायन्सलाई ५ विकेटले पराजित गर्दै राइजिङ पूणे सुपरजायन्ट्सले चौथो स्थानमा आफ्नो उपस्थितिलाई बलियो बनाएको छ।

सोमबार राति भएको खेलमा राइजिङ पुणे सुपर जाइन्टस् विजयी भएको हो । पुणेमा भएको खेलमा पुणेले गुजरात लायन्सलार्य पाँच विकेटले पराजित ग¥यो । गुराजतले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य पुणेले एक बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टायो ।

पुणेका लागि बेन स्टोक्सले शतकीय पारी खेले । स्टोक्सले ६३ बलमा ७ चौका र ६ छक्काको मद्दतमा नटआउट एक सय तीन रन बनाए । यस्तै महेन्द्र सिंह धोनीले २५ रनको योगदान दिए । गुजरातका प्रदिप सङवान र बासिल थाम्पीले दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर एक सय ६१ रन बनायो ।

उसका लागि ब्रेण्डम क्याकुलमले ४५, इशान किशनले ३१, दीनेश कार्तिकले २९ तथा रविन्द्र जडेडाले १९ रनको योगदान दिएपनि हार टार्न सकेनन् । १० खेलमा छैटौं जित दर्ता गरेको पुणे १२ अंकसहित चौथो स्थानमा छ । यस्तै १० खेलमा तीन खेल मात्रै जितेको गुजरात ६ अंकसहित छैटौं स्थानमा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. 757821 147867Exceptional weblog here! Also your internet site loads up rapidly! What host are you employing? Can I get your affiliate link to your host? I wish my internet site loaded up as speedily as yours lol 67403

  2. shop says:

    826574 398773Most appropriate the human race messages work to show your and present exclusive chance with special couple. Beginer appear system in advance of raucous people will most likely always be aware most of the golden value off presentation, which is a persons truck. best man jokes 892521

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा