खेलकुद

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

एजेन्सी, १९ कार्तिक । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जित हासिल गरेको छ ।

रियल मड्रिडको घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा भएको खेलमा लास पाल्मासलाई तीन शुन्य गोल अन्तरले पराजित गरेको हो । मड्रिडका लागि कासेमिरो, मार्को एसेन्सियो र इस्कोले एक–एक गोल गरेका थिए ।

लिग तालिकाको तेस्रो स्थानमा रहेको मड्रिडले ११ खेलबाट २३ अंक जोडेको छ भने लास पाल्मास समान खेलबाट ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

त्यसैगरी गएराति नै भएका अन्य खेलमा जिरोनाले लेभान्टेलाई २–१ गोल अन्तरले पराजित गर्यो भने सेल्टाभिगोले एथ्लेटिको विल्वाओका विरुद्ध ३–१ को जित निकाल्यो । रियल सोसिड्याडसग इबारले ३–१ को हार व्यहोर्दा भिलारियलले भने मालागालाई दुई शुन्यले पराजित गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा