खेलकुद

स्पेनिस ला लिगा खेलमा जिरार्डले गरे गोल

एजेन्सी, १२ मंसीर । स्पेनिस ला लिगा लिग अन्तर्गत गएरातको खेलमा स्पानियोलले जित हात पारेको छ । स्पानियोलले गेटाफेलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

स्पानियोललाई जित दिलाउनका लागि जिरार्ड मेरिनोले गोल गरे । खेलको ५५ औं मिनेटमा स्पानियोलका जिरार्ड मेरिनोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

बाँकी समयमा गेटाफेले राम्रो अवसर पाएपनि गोल गर्न भने सकेन । गेटाफेलाई पराजित गरेपनि स्पानियोल स्पेनिस ला लिगा लिगको १३ औं स्थानमा छ । स्पानियोल भन्दा पनि गेटाफे एक स्थान माथि १२ औं स्थानमा रहेको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा