खेलकुद

स्वान्सी सिटी रेलिगेनबाट बाहिर, प्रशिक्षक बने भावूक

काठमाडौं, २४ बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता लेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले वाट्फोर्डलाई ३–० ले हरायो । लेस्टरको जितमा विल्फ्रेड एडिडी, रियाद महरेज र मार्क अलब्राइटनले गोल गरे ।
३८ औं मिनेटमा एनडिडीले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको लेस्टरका लागि ५८ औं मिनेटमा महरेजले गोल गर्दै अग्रता दोब्बर पारे । इन्जुरी समयमा अलब्राइटनले गोल गरेपछि लेस्टर ३–० ले विजयी भयो । जितपछि नवौं स्थानमा उक्लिएको लेस्टरको ३५ खेलबाट ४३ अंक भएको छ ।

पुछारको सन्डरल्याण्डसँग २–० ले पराजित भएको हल सिटी रेलिगेशन जोनमा झरेको छ । हल सिटीलाई घरेलु मैदानमै हराउन सन्डरल्याण्डका लागि बिली जोन्स र जर्मेन डिफोएले गोल गरे । १८ औं स्थानमा झरेको हल सिटीको दुई खेल बाँकी हुँदा ३४ अंक छ । यस्तै राति नै भएको खेलमा स्वान्सी सिटीले एभर्टनलाई १–० ले हराएर रेलिगेशन जोनबाट बाहिर आएको छ ।
स्वान्सीको जितमा फर्नान्डो लोरेन्टेले २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । १७ औं स्थानको स्वान्सीको दुई खेल बाँकी हुँदा ३५ अंक भएको छ । अरु खेलमा बोर्नमाउथ र स्टोक सिटी तथा बर्नली र वेष्ट ब्रोमले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा