खेलकुद

हङकङसगको पहिलो खेलमा नेपाल पराजीत

काठमाडौ, २७ असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङसगको पहिलो खेलमा नेपाल पराजीत भएको छ ।

हङकङको मङ ककस्थित मिसन रोड मैदानमा भएको खेलमा हङकङले नेपाललाई ८३ रनले पराजीत गरेको हो । १ सय ९५ रनको लक्ष पछ्याउदै मैदानमा उत्रिएको नेपालले ३४ ओभर ५ बलमा केवल १ सय ११ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन जोडे त्यस्तै, आरिफ शेखले २३ रन बनाए । हङकङका लागि एहशान खानले सर्वाधिक ५ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउ“दै १ सय ९४ रन बनाएको थियो । हङकङका लागि विकेट किपर ब्याट्सम्यान जेमी अटिकन्सनले सर्वाधिक ७६ रन बनाएका थिए ।

त्यस्तै, तनविर अफजलले ३८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २–२ विकेट लिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा