खेलकुद

हङकङ र नेपालबीचको खेल रोकियो, सोमबारको खेला समेत अन्यौलमा

काठमाडौ, २९ असोज । नेपाल र हङकङकबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत आज हुने भनिएको खेल स्थगित भएको छ ।

हङकङमा मौसम प्रतिकुल भएको र समुन्द्री आधी आउनसक्ने चेतावनीका कारण नेपाल र हङङबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । आजका लागि तोकिएको खेल भोली खेलाइने जनाइएको छ ।

यस अघि हङकङसगको शुक्रबार भएको खेलमा नेपाल ८३ रनले पराजित भएको थियो । नेपालले प्रतयोगिताको शीर्ष चारमा रहदै विश्वकपमा छनौट हुनको लागी हङकङसगको भोलिको खेल जित्नै पर्ने दबाब छ । भोलीको खेलमा हार व्यहोरेको खण्डमा नेपाल स्वत आर्एसीसी डिभिजन २ मा झर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा