खेलकुद

५ वर्षदेखि निरन्तर चलिरहेको धरान रन यसवर्ष पनि सम्पन्न

सुनसरी, १४ फागुन । हरेक वर्ष झै यो वर्षपनि सुनसरीको धरानमा धरान रन सम्मन्न भएको छ । नेवा च्यारीटीको आयोजनामा भएको हुने धरान रन नेपालकै ठुलो रन समेत हो ।
विगत ५ बर्षदेखि निरन्तर हुदै आएकोे धरान रन यस वर्ष पनि सम्पन्न भएको छ । धरान रनको आयोजनामा स्वच्छ र स्वास्थ्यको लागी दौडौ भन्ने नारा सहित विगत पाँच बर्ष देखी धरान रन आयोजना भइरहेको छ । खुल्ला सहित विभिन्न ५ उमेर समूहमा भएको धरान रनमा यस बर्ष अगाडीका आयोजना भन्दा बढि मानिसहरुको सहभागी भए ।
यस बर्ष धरान रनकोे खुल पुरुष तर्फको उपाधि अघिल्लो बर्षका धरान रनकै विजेताले तीर्थ पुनले जितेका छन् । भारतीय सेनामा कार्यरत बागलुङका पुनले पुन दोश्रो पटक धरान रनको उपाधि जित्न सफल भएका हुन् । च्याम्पियन तिर्थ पुनले निर्धारित दूरी ८ किलोमिटर २६.३ मिनेटमा पार गर्दै उपाधीमा कब्जा गरेका हुन् । उनले नगद ४० हजार ,मेडल र प्रमाणपत्र पाए ।
प्रतियोगितामा २६.३६ मिनेटमा निर्धारित दूरी पार गरेका नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो हुदै नगद ३० ,मेडल र प्रमाणपत्र पाए भने २७.२७ मिनेटमा निर्धारित दूरी पार गर्दै आर्मीकै टिकाराज कटुवाले तेस्रो हुदै नगद २० ,मेडल र प्रमाणपत्र पाए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा