खेलकुद

७ वटै प्रदेशमा रंगशाला बनाउने खेलकुदमन्त्री केसीको दाबी

काठमाडौ, १९ साउन । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने बताउनुभएको छ ।

विहिबार काठमाडौंमा भएको साक्षात्कारमा उहाँले पोखरा, झापा, विराटनगरसहित ७ वटै प्रदेशका मुख्य–मुख्य सहरमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने विषयमा विस्तृत अध्ययनको काम सुरु गरिएको स्पष्ट पार्नु भयो ।
सरकारले चालू आर्थिक वर्ष भित्र सात वटै प्रदेशमा रंगशाला निर्माण गर्ने प्रतिवद्धता जनाएको छ । मन्त्री केसीले खेलकुद क्षेत्रभित्र राजनीति हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

मन्त्री केसीले खेलको माध्यमबाट मुलुकको प्रतिष्ठा उंचो बनाउन आफू लागि पर्ने पनि स्पष्ट पार्नुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा