जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कप क्रिकेट कोशी प्रदेशको लगातार तेस्रो जित

प्रधानमन्त्री कप क्रिकेट कोशी प्रदेशको लगातार तेस्रो जित

प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई ६० रनले हराउँदै कोशीले लगातार तेस्रो जित हात पारेको हो । कोशी प्रदेशले दिएको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रनमा समेटियो । मधेशको लागि साना प्रविणले सर्वाधिक २७ रन जोडिन् । यस्तै, आरति महतोले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कोशीका लागि सबनम राइ र एलिसा खडियाले दुई–दुई तथा रुविना क्षेत्री र संगीता राईले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । कोशीकी रुविना क्षेत्रीले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेलिन् । यस्तै, अप्सरी सरस्वती कुमारी चौधरीले ३९ तथा सबनम राईले १६ रन बनाए । मधेशकी मिना महतोले दुई तथा पूजा महतो र सरस्वती चौधरीले एक–एक विकेट लिए । यसअघिका खेलमा कोशीले कर्णाली र बागमती प्रदेशलाई हराएको थियो । मधेश भने बागमती र एपीएफसँग पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका