प्रविधि

डोटेली भाषाको पनि विकिपिडिया शुरु

काठमाडौं, २४ बैशाख । विकिपिडिया वेबमा आधारित एक बहुभाषी स्वतन्त्र र खुला ज्ञानकोश हो । यो इन्टरनेटको माध्यमबाट आफूले चाहेको विषयबारे सजिलै जानकारी लिन सकिने स्रोत हो । यसको निर्माण विश्वभरिका स्वतन्त्र सम्पादकहरूको सम्पादन सहयोगबाट हुँदै आइरहेको छ ।

लेख सामाग्रीहरूलाई विविध भाषामा उलपब्ध गराउने उद्देश्य अनुसार आधुनिक समयमा शब्दहरूसँगै सान्दर्भिक लेखसंग्रहका रूपमा रहेको विकिपिडिया मूल अंग्रेजी भाषासँगै हाल २ सय भन्दा ९६ बढी भाषामा उपलब्ध छ भने यसै वर्ष देखि यो सूचीमा विकिपिडियाको डोटेली संस्करण पनि थपिएको छ ।

डोटेली भाषा नेपालको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा बोलिने मुख्य भाषा हो । डोटेली विकिपिडियाको उद्देश्य स्थानिय ठाउँ, संस्कृति तथा विषयवस्तु सम्बन्धी जानकारी दिनुका साथै अन्य विविध विषयवस्तुमा डोटेली भाषाका माध्यमबाट जानकारी उपलब्ध गराउनु रहेको छ। ज्ञानको भण्डार मानिने इन्साइक्लोपेडिया अर्थात् विकिपिडियाको डोटेली वेबसाइट दुई वर्ष बढी लामो परीक्षणकाल पुरा गर्दै यही अप्रिल २४ सन् २०१७ बाट विकिपिडियाको डोमेनमा आउन सफल भएको छ ।

यस कार्यलाई सफल बनाउन रामप्रसाद जोशी, जनकराज भट्ट, रमेश सिंह बोहरा, निराजन पन्त, खेम ठकुल्ला, सरोज उप्रेती, विप्लव आनन्द, गोकर्ण जोशी, लालबहादुर बम र लेखराज जोशी लगायत अन्य थुप्रै व्यक्तिहरूको अथक प्रयास र सम्पादनका साथै नेपाली विकिपिडियाका सम्पादकहरूको सहकार्य रहेको छ । अब डोटेली विकिपिडियाको वेबसाइट https://dty.wikipedia.org मा गएर डोटेली भाषामा लेखिएका लेखहरू पढ्न, सम्पादन गर्न तथा नयाँ लेखहरू लेख्न सकिनेछ । यस सँगै डोटेली भाषाको विक्सनरी(खुला शब्दकोश) को पनि शुरुवात गरिएको छ, जुन अहिले परीक्षण विकिको रूपमा रहेको छ ।

अमेरिकी नागरिकद्वय जिमी विल्स र ल्यारी स्याङद्वारा सन् २००१ जनवरीदेखि सुरु गरिएको यो वेभसाइटमा सबै भाषाका मिलाएर करोडौं लेख संग्रहित छन् । हालै गरिएको एक सर्वेक्षणअनुसार विश्वमा सबैभन्दा बढी ब्राउज गरिने वेभसाइटमध्ये विकिपिडिया छैटौ स्थानमा पर्छ ।

हाल नेपालमा नेपाली भाषा, नेवारी भाषा, भोजपुरी भाषा, मैथिली भाषा, सस्कृत भाषा, पाली भाषा र डोटेली भाषाको विकिपिडिया रहेका छन् भने तामाङ, थारु, लिम्बु, अवधि, गुरुङ, शेर्पा, लेप्चा, खाम मगर, मारवाडी आदि भाषाको विकिपिडिया परीक्षणको रूपमा रहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. Janak Bhatta says:

    नेपालमा बोलिने तामाङ, थारु, लिम्बु, अवधि, गुरुङ, शेर्पा, लेप्चा, खाम मगर, मारवाडी आदि भाषाको विकिपिडिया परीक्षणको रूपमा रहेका छन् । यी भाषाहरुको विकिपिडियालाइ बाहिर ल्याउन ढिला गर्नु हुदैन् ।

  2. राम प्रसाद जोशी says:

    डोटेली भाषाको विकिपीडिया बनाउन त सफल भयौं अब नेपालमा बोलिने अन्य भाषाका विकिपिडियाहरू पनि बनाउने प्रयास गर्छौं यसमा हामीलाई भाषाविधहरूको सहयोग चाहिएको छ । जुन भाषा हामीलाई आउन्न त्यो भाषाको जानकारी हामीलाई दिनुहोस् । हामी विकिपीडिया बनाउन तयार छौं ।

    1. Janak Bhatta says:

      हामी विकिपीडिया बनाउन तयार छौं ।

  3. Karan Bhatt says:

    Talli sorad bhasa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही प्रविधिबाट

ताजा