प्रविधि

पाँचथरमा शुरु भयो अनलाइनबाट अध्ययन

पाँचथर, ८ फागुन । अमेरिकामा स्थापना भएको गैरसरकारी संस्था इक्वालिटि फाउण्डेशनको शाखा नेपालमा स्थापना गरि सामुदायिक विद्यालयहरुलाइ आधुनिकिकरण गर्ने उद्देश्यले अनलाईन शिक्षा कार्यक्रम अघि बढाइएपछि पाँचथरको ग्रामिण क्षेत्रमा सञ्चालित नांगीन माध्यमिक विद्यालयका विद्यार्थीले अनलाइनबाट अध्ययन गर्न पाएका हुन । फाउण्डेशनको आर्थिक र प्राविधिक सहयोगमा इन्टरनेट सहितको कम्प्युटर ल्याब विद्यालयमा सञ्चालन गरिनेछ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रमलाई आधार मानेर कम्फ्युटर सफ्टवयरको माध्यमबाट विद्यार्थीहरुलाई अनलाई शिक्षा दिने तयारी गरिएको हो । विद्यालयमा अनलाइन शिक्षा सञ्चालनका लागि फाउण्डेशनले छ लाख मूल्य बराबरका २० थान कम्प्युटर र एउटा प्रोजेक्टर प्रदान गरेको फाउण्डेशनका अध्यक्ष पोफेसर मेदनी अधिकारीले जानकारी दिनुभयो ।
अनलाइन शिक्षाका लागि तीन महिना सम्मका लागि फाउण्डेशनले नै प्राविधिक खटाउनेछ ।
विद्यालयमा विहान र बेलुकाको समयमा शिक्षक र अभिभावकहरुले अनलाइन शिक्षा लिनेछन् । विद्यालय समयमा विद्यार्थीहरुलाई पाठ््यक्रममा भएका कुराहरुलाई इन्टरनेटमा खोजेर पढ्ने व्यवस्था मिलाइएको हो । अनलाइन शिक्षा लिनका लागि विद्यालयमा इन्टरनेट जडान गरिएको छ । सांसद भीष्मराज आङ्देम्बेले सरकारी विद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको सन्दर्भमा प्राविधिक शिक्षा दिने गरी सामुदायिक विद्यालयको प्रयास सकारात्मक भएको बताउनुभयो ।
कार्यक्रम पहिलो चरणमा पाँचथरका २७ सामुदायिक विद्यालयमा लागु गरिने भएको छ । अन्य शैक्षिक संस्था र पाँचथर बहुमुखि क्याम्पसमा अनलाइन शिक्षा लागु गर्ने तयारि गरिएको फाउण्डेशनले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही प्रविधिबाट

ताजा