अंग्रेजी माध्यमले विद्यार्थीलाई समस्या

title
मङ्लबार, जेष्ठ ७, २०७६

रुपेश यादव । सामुदायीक विद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेका बेला १२ बर्ष अघि काठमाण्डौ उपत्यकाका एकाद विद्यालयले अंग्रेजी माध्यमबाटै अध्यापन सुरु गरे ।

परिणामतः विद्यार्थीको रोजाइमा पर्न छाडेका सामुदायीक विद्यालयप्रति अभिभावकहरु लोभिन थाले । अस्तित्व जोगाउनै मुस्किल परिरहेका सामुदायीक विद्यालयहरुले पनि विस्तारै अंग्रेजी माध्यममा अध्यापन गराउन थालेका छन । यो क्रम अहिले बाक्लिदै गएको छ ।

यसले शैक्षिक गुणस्तर खस्किएका कारण विग्रिएको सामुदायीक विद्यालयको छबि विस्तारै सप्रिन थालेको छ । तर अंग्रेजी भाषामा अध्यापन सुरु गरिए पनि विद्यार्थीहरुमा भने बुझाईको समस्या भएको विद्यार्थी आशा माझी र ज्ञानिमाया शाहीकाे भनाइ छ ।

सामुदायीक विद्यालयले अंग्रेजी भाषामा अध्यापन सुरु गराएपछि आफ्नो सन्तान पनि निजी विद्यालयको विद्यार्थी सरह प्रतिस्पर्धी बन्ने अभिभावको ठम्याई छ । तर विद्यार्थीहरुले नै अंग्रेजी माध्यमबाट पढाएको नबुभ्दा शिक्षकहरु तनावमा छन ।

अंग्रेजीमा पढाएको विद्यार्थीले फिटिक्कै नबुझेपछि शिक्षकहरु बाध्य भएर नेपाली भाषा समेत प्रयोग गर्नु परेको चण्डी आदर्श सरल मावि, ललितपुरका प्रधानाध्यापक ईश्वर प्रसाद पोखरेल बताउँछन ।

शैक्षीक सत्र २०७४÷०७५ को तथ्यांक अनुसार काठमाण्डौ उपत्यकामा ६ सय १६ वटा सामुदायीक विद्यालय छन । यसमध्ये शहरी क्षेत्रका अधिकांश विद्यालयमा अंग्रेजी माध्यमबाट अध्ययापन सुरु भएको छ ।

जसमा १ लाख ९५ हजार २ सय ४२ बिद्यार्थी अध्यनरत छन । जसमा ७ हजार ४ सय ५७ शिक्षक कार्यरत छन । तर ति सबै शिक्षक अंग्रेजी माध्यममा पढाउने गरीको योग्न नरहेको कतिपयले टिप्पणी गरेका छन ।

यसर्थ अध्ययन गर्ने विद्यार्थीमा भन्दा पनि अंग्रेजी माध्यममा अध्यापन गराउने शिक्षकको काविलता समेत मापन गर्नुपर्ने जानकारहरु बताउँछन, बरिष्ठ अंग्रेजी भाषा प्रशिक्षक केपी घिमिरे ।

तर नियामक निकाय भने विगतको व्यवस्था अनुसार अंग्रेजी माध्यममा नै अनिवार्य पढाउनुपर्ने गरी शिक्षकले सेवा प्रवेश नगरेकाले उसलाई बाध्य पार्न नसकिने ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र बहादुर क्षेत्री बताउँछ ।

शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय स्तरबाट गरिएको यो प्रयास सह्रानीय छ ।