अकुत सम्पत्तिमा तानिँदै खड्का, केही दिनमै भ्रष्टाचार मुद्दा दायर हुने

title
शनिबार, मंसिर १५, २०७५

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

‘उहाँविरुद्ध परेको उजुरीमाथि छानविन टुंगिएर प्रतिवेदन पेस भइसकेको छ । गैरकानुकनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा मुद्दा दायर हुनेछ । ’ अख्तियार स्रोतले भन्यो , ‘खड्काविरुद्ध दर्जनौ फाइल अलपत्र परेको अवस्थामा सम्पत्तिको अनुससन्धान निष्कर्षमा पुग्न लागको हो । अबको २र३ साताभित्रै भ्रष्टाचार मुद्दा दायर हुन्छ ।’