अख्तियार प्रमुखमा सिफारिस घिमिरेविरूद्ध कुनै उजुरी परेन, सुनुवाइ विहिबार

title
मङ्लबार, अशोज २, २०७५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । संसदीय विषेश सुनुवाई समितिको मंगलाबार बसेको बैठकले घिमिरेलाई बिहीबार दिउसो १ बजे सुनुवाईका लागि बोलाउने निर्णय गरेको हो।

घिमिरेविरुद्ध हालसम्म समितिमा कुनै पनि उजुरी नपरेकाले समितिले उनलाई सिधै सुनुवाइका लागि बोलाएको हो । संसदीय सुनुवाई विशेष समितिबाट उनको नाम अनुमोदन भएमा समितिले त्यसको जानकारी संवैधानिक परिषद्लाई गराउनेछ ।

संवैधानिक परिषद्ले राष्ट्रपतिसमक्ष त्यसको जानकारी गराएपछि राष्ट्रपतिबाट प्रमुख आयुक्त नियुक्ति हुने संवैधानिक व्यवस्था छ । गत भदौ २० गते संवैधानिक परिषद् बैठकले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरेको थियो।