अख्तियार प्रमुख आयुक्तमा सिफारिस घिमिरेको संसदीय सुनुवाई अाज

title
बिहिबार, अशोज ४, २०७५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई अाज हुदैँछ । संसदीय सुनुवाई समितिको दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाई गर्ने भएको हो ।

त्यसअघि संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।