अछाममा चट्याङ लागेर ६ जना घाइते

title
शनिबार, जेष्ठ ११, २०७६

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकामा चट्याङ लागेर ६ जना घाइते भएका छन् । रातोमाटेका कौले दमाईको घरमा परेको चट्टयाङले कौले दमाईकी ३२ वर्षीया छोरी किरीथु दमाई र ५ वर्षीय नाती धिरेन्द्र दमाई घाइते भएको इलाका प्रहरी कार्यालय कालेकाँडाले जानकाारी दिएको छ ।

त्यसै गरि रामारोशन गाउँपालिका– ४ हुडितोलामा शुक्रबार मात्रै चट्याङ लागेर ४ जना घाइते भएका थिए । चट्याङ लागेर घाईते भएकाहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।