अज्ञात बन्दुकधारीले चलाएको गोलीबाट ६६ जनाको मृत्यु

title
शनिबार, फाल्गुन ४, २०७५

नाइजेरियामा अज्ञात बन्दुकधारीले चलाएको अन्धाधुन्द गोली प्रहारबाट ६६ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरी राज्य कादुनको काजुरुमा ६६ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये २२ जना बालबालिका र १२ जना महिला रहेको राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले जानकारी दिएका छन ।

आक्रमण गर्नुको कारण बारे अहिलेसम्म कसैले जिम्मेवारी दिएको छैन । घटनास्थलमा सुरक्षाकर्मीहरुको टोली पठाएर सुरक्षा सतर्कता बढाउनुका साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको सरकारी अधिकारीहरुको भनाई छ । स्थानीय सामुदायीक, परम्परागत र धार्मिक अगुवाहरुले थप हिंसा भड्कीन नदिनका लागि प्रयास गरिरहेको जनाइएको छ ।

राष्ट्रपतिय निर्वाचनको दिन नजिकिदै गर्दा नाइजेरियामा चुनावी कार्यक्रमहरु बढ्दै गइरहेका छन् भने हिंसात्मक घटनाहरु पनि भएका छन् ।