अठार थान खुकुरी सहित ५ लाख रुपैयाँ बारा प्रहरीबाट बरामत

title
बुधबार, भदौ १३, २०७५

जीतलाल श्रेष्ठ/बारा । अठार थान खुकुरी सहितका झण्डै ५ लाख रुपैयाँ बराबरको अवैध सामान बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं, पोखरा जाने यात्रु बहाक बसमा चेकजाच गर्ने गर्ने क्रममा खुकुरी सहित सुपारी, साडी, कुर्ता सरवाल लगायतका विभिन्न कस्मेटिक समान नियन्त्रणमा लिएको निजगढ प्रहरीले जानकारी दिएको छ ।

बिना कागजातका ती सबै सामान राजश्व आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक विक्रम लामाले जानकारी दिनुभयो ।