अठार बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न

title
शुक्रबार, भदौ १५, २०७५

काठमाडौ । अठार बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलन सम्पन्न भएसँगै नेपालले बिम्स्टेकको अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ । अठार बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ । सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सक्ने बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकरी दिनु भयो ।

त्यस्तै बिम्स्टेकको चार्टर निर्माण तथा कानुनी संरचना तयार गर्न स्थायी समिति बनाउने पनि घोषणापत्रमा उल्लेख छ । सम्मेलन समापनको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको उपस्थिति यसको प्रगति र क्षमताले देखिने बताउनु भयो सम्मेलन घोषणाअघि बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीले बिम्स्टेक ग्रिड स्थापना सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्ने सम्झौता भएको हो । बिमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् ।