अध्यादेश कार्यान्वयन हुनेमा अझै आशंका

title
शुक्रबार, मंसिर २१, २०७५

काठमाडौँ – लामो समयादेखि कर्मचारीको व्यवस्थापन गर्न नसकेको सरकारले आउँदो पुस मसान्तभित्रको प्रवेश र स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने लक्ष्य अघि सारेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यद्यपि यसको सफल कार्यान्वयनमा हुनेमा निजामती सम्बद्ध विभिन्न कर्मचारी संगठन र कर्मचारीहरुले आशंका व्यक्त गरेका छन् ।

कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्बाट स्वीकृति भएसँगै एक महिनाभित्र कर्मचारी अपुग भएको प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरिसक्ने लक्ष्य अघि सारेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।