
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् ।
अध्यादेश पास गर्नका लागि सत्तापक्षको सङ्ख्या पुग्ने वा नपुग्ने भन्ने सम्बन्धमा आज सङ्घीय संसद् भवन परिसरमा सोधिएको प्रश्नबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्को सङ्ख्या गन्ने बेला आइनसकेको बताए ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छ वटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावलीअनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।