अनमोलको अंगालोमा सुहाना (पाँच तस्विरमा)

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडौं । अनमोल केसी अहिलेका स्टार कलाकार हुन् । उनको अभिनय रहेका प्रायः चलचित्रले बक्स अफिसमा दर्शकको राम्रो साथ पाएका छन् । त्यसैले पनि उनको डिमाण्ड बढ्दो छ ।

उनी अहिले चलचित्र ‘ए मेरो हजुर ३’ मा व्यस्त छन् । केही समय पहिले चलचित्रको गीतको सुटिङका लागि निर्माण टोली मनाङ पुगेको थियो । गीतको छायांकन पश्चात निर्माण टोलीले त्यहाँ सुटिङका केही तस्विर सार्वजनिक गरेको छ । जहाँ चलचित्रकी मुख्य अभिनेत्री सुहाना थापासँग अनमोलको जोडी बाधिएको छ ।

उनीहरुको जोडी निकै सुहाएको छ भने सुहाना बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । सुहाना नायिका तथा निर्मात्री झराना थापाकी छोरी हुन् । झरनाले नयाँ प्रोजेक्टमा छोरीलाई नै स्थान दिंदै उनको आगामी चलचित्र यात्राको ढोका खोलिदिएकी छिन् ।

अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहानाले फिल्म ‘ए मेरो हजुर ३’ मा पहिलो पटक स्क्रिन साझेदारी गरेका छन् । चैत २९ मा प्रदर्शनमा आउने तय भएको फिल्मको अहिले धमाधम छायांकन भइरहेको छ । हालै मनाङमा फिल्मको दुई गीत खिचेर निर्माण टिम काठमाडौं फर्किएको छ ।

प्रतिक अधिकारी र आशिष अविरलको स्वर तथा राहुल शाहको कोरियोग्राफी रहेको गीतमा अनमोल र सुहाना फिचर्ड छन् । गीत छायांकनका केही अचल तस्बिरहरु निर्माण टिमले सार्वजनिक गरेको छ ।

जसमा दुईको केमेस्ट्री कमालको देखिएको छ । रोमान्टिक अनमोलसँग सुहाना निकै बोल्ड देखिएकी छन् । मनाङमा सुहानाको एक सोलो गीत पनि खिचिएको छ । फिल्ममा अनमोल एक सेलिब्रेटी र सुहाना एक फ्यानको भूमिकामा छन् । यसलाई म्यूजिकल लभस्टोरी बताइएको छ । उक्त फिल्मलाई निर्देशक झरना थापाले निर्देशन गरेकी छन् ।

सुनिल कुमार थापाले यसलाई निर्माण गरेका छन् । फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ ।