अनमोलको ‘क्याप्टेन’ फागुनमा

title
आइतवार, अशोज २१, २०७५

काठमाडौं । नायक अनमोल केसीको पछिल्लो अभिनय रहेको चलचित्र ‘क्याप्टेन’ फागुनमा आउने भएको छ । लामो समय देखि रिलिज मिति तय गर्न न सकेको ‘क्याप्टेन’अब भने फागुनको १७ गतेबाट आम दर्शकमाझ आउने भएको हो ।

नायक अनमोल केसी फुटबल खेलाडीको रुपमा देखिन लागेको चलचित्र ‘क्याप्टेन’को फागुनको १७ मा रिलिज गर्दा केही बिदा पर्ने भएपछि भूवन केसी र वितरक मनोज राठीले यो मितिमा चलचित्र रिलिज गर्ने बताएका हुन् । भीएफएक्सको काम ले रिलिज मिति केहि पछि सारिएको भन्दै निर्माता भूवन केसीले अबको २ महिनामा भीएफएक्स सकिने भन्दै फागूणमा चलचित्र रिलिज गर्न लागेको बताए ।

चलचित्र ‘क्याप्टेन’लाई दिवाकर भट्टराइको निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

त्यसो त चलचित्र क्याप्टेनको छायांकन इन्ड क्ल्याप भएको एक महिना वितिसक्यो । निर्माता समेत रहेका पुराना अभिनेता भुवनले भने चलचित्र प्रदर्शन हुने विभिन्न मितिहरु भन्दै जानाले चलचित्र कहिले आउने हो भन्ने विषयमा केही समय अघिसम्म अन्योल थियो ।

बक्सअफिसमा एकपछि अर्को सुपरहिट फिल्म दिइरहेका उनी गएको वर्ष रिलिज भएको फिल्म ‘कृ’ पछि यसवर्ष ‘क्याप्टेन’मार्फत् पर्दामा फर्किन लागेका हुन् । यो फिल्ममा उनले पहिलो पटक फुटबल खेलाडीको भूमिका निभाएका छन् । जिल्ला स्तरीय हुँदै राष्ट्रिय फुटबल टिमको क्याप्टेन बनेको एक युवकको संघर्षको कथामा चलचित्र निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

पटक–पटक रिलिज डेट पोस्टपोन्ड हुँदा गएको वर्ष अनमोलको फिल्म ‘कृ’ को व्यापारमा ठूलो असर पुगेको थियो । यसकारण वितरक मनोज राठी हतारमा ‘क्याप्टेन’ को रिलिज घोषणा गरेर जोखिम नमोल्ने यस अघि नै जानकारी दिएका थिए । तर, फिल्म वितरणका लागि उनले महँगो रकम निर्मातालाई निर्माण अघि नै बुझाइसकेका छन् ।

फिल्ममा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा, सुदीप बरालको छायांकन, चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन रहेको छ ।