‘अनमोल इभ’मा झुम्यो बुटवल, अब पालो पोखरा

title
मङ्लबार, भदौ १२, २०७५

काठमाडौंं । अहिलेका चर्चित अभिनेता अनमोल केसी ‘अनमोल इभ–२०१८’ मार्फत् मोफसलका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेका छन् हालै उनले बुटवलका दर्शकसँग साक्षात्कार गरे । अझै केही शहरमा हुने सांगीतिक कन्सर्टमा उनले आफ्नो प्रस्तुती दिनेछन् ।

लगातारको झरीका कारण बुटवलमा रुज्दै भिज्दै दर्शकले ‘अनमोल इभ’को भरपूर मनोरञ्जन लिए । अनमोल पनि पानीको प्रवाह नगरि दर्शक भेट्न साँझ ८ बजे स्टेज चढेका थिए । ‘अनमोल इभ–२०१८’ मा अभिनेता अनमोलले फिल्म ‘कृ’ मा समावेश ‘यति यति पानी गंगा रानी’ गीतमा नृत्य गर्दा पहिलो पटक स्टेजमा ‘होस्टेल–ड्रिम्स’ फिल्मको गीत पनि गाए । उनको नृत्य र गायनमा हजारौं बुटवलबासीले साथ दिएका थिए ।

सिमसिमे पानीमै अभिनेत्री प्रियंका कार्कीले साँझले भित्रने संकेत गर्दैगर्दा झन्डै १५ मिनेट आफ्नो दमदार नृत्य प्रस्तुत गरेकी थिइन् । नमस्ते नेपाल, सप्तक ब्याण्डका बाल कलाकारहरूको गायन, नृत्यसहित कार्यक्रममा मोडलहरूले ¥याम्पमा क्याटवाक समेत गरेका थिए । नेत्रहीन महिला संघको सहयोगार्थ चार मुख्य शहरहरूमा हुने ‘अनमोल इभ–२०१८’ अब भदौ १६ गते पोखरा, भदौ २३ गते चितवन र भदौ २७ गते बिर्तामोडमा हुनेछ ।