अनसनरत डा. केसी काठमाडाैँ फर्किए

title
बिहिबार, साउन ३, २०७५

काठमाडौं । २० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किएका छन् । केसीलाइ लिन नेपाली सेनाको हेलिकाेप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पुगेको थियो ।

डा केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयासका क्रममा जुम्लामा स्थानीय प्रशासनले गोली चलाएको थियो । अस्पतालमा झडप र सरकारको दमन बढेपछि डा केसी काठमाडौं जान तयार भएका हुन् ।