‘अनुराग’को कलेज क्याम्पियन शुरु

title
मङ्लबार, अशोज २, २०७५

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अनुराग’ टिमले कलेज क्याम्पियन शुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर चलचित्रको प्रचार प्रसारलाई तिव्र पारिएको प्रस्तुतकर्ता ऋषि धमलाले बताए ।

चलचित्रका टिम आइतबार बिहान जोरपाटीस्थित समता कलेज पुगेका थिए भने सोमबार कौसलटारस्थित जनप्रेमी कलेज पुगेको नायिका एलिजा गौतमले बताइन् । नायिका एलिजा गौतम, नायक समुन्द्र पण्डित, लगायतको फिल्मको टिम कलेजमा पुगेका थिए । एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ घेरा हाल्दै अटोग्राफ लिएका थिए भने नायक–नायिकाको साथमा फोटो खिच्न पनि भ्याएका थिए ।

चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति, भरत गौतम र गीता भेटवालको लगानीका साथै निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’ असोज १२ बाट अल नेपाल प्रदर्शनमा आउँदैछ । ‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।

साथै चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौला लगायतको अभिनय रहेको छ । एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो ।