‘अनुराग’ टोलीको व्यस्तता बढ्यो

title
शुक्रबार, अशोज ५, २०७५

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको राम्रो प्रचार प्रसार हुन थालेको छ । चलचित्र प्रदर्शन अगावै निर्माण पक्षले दर्शक बटुल्न निकै दुःख कष्ट व्यहोर्नुपर्छ । अहिले ट्रेण्ड नै बसिसक्यो ।

अन्यथा कुन चलचित्र कहिले चल्छ ? अत्तो पत्तो नहुने अवस्था पनि हुन्छ । त्यतिमात्र नभएर एउटै मितिमा धेरै चलचित्र प्रदर्शनमा ल्याइमा त्यसको मार निर्माता तथा निर्देशकले मात्र नभएर स्वयं कलाकारहरुले समेत भोग्नु पर्ने अवस्था देखिँदै आएको पाइन्छ । यही मेसोमा असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अनुराग’को टोली अहिले चलचित्रको प्रमोशनमा जुटेको छ ।

प्रचार प्रसारकै क्रममा पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को नयाँ गीत रिलिज भएको छ । ‘तिम्रो स्वरमा…’ बोलको गीतमा प्रताप दासले आवाज भरेका छन् । गायकको भूमिकामा रहेका डेब्यु ब्वाई समुन्द्र पण्डित गीतको भिडियोमा फिचर्ड छन् । उनी एक बारमा आफ्नो प्रस्तुती दिँदैछन् ।

फिल्ममा उनको जोडी एलिजासँग बाँधिएको छ । सार्वजनिक गीतमा सत्यराज चौलागाईंको शब्द तथा सरोज पोेखरेलको संगीत छ । अनु र रागको प्रेममा आउने उचारचढावको कथा वाचन गर्ने सत्यराज निर्दे्शित उक्त फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । फिल्मका प्रस्तुतकर्ता ऋषि धमला हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।