अन्डर फिप्टीन महिला फुटबलमा नेपालको जित, अगष्ट १३ मा बङ्गलादेशसंग खेल्ने

title
आइतवार, साउन २७, २०७५

बिरेन्द्र । भुटानमा जारी साफ अन्डर फिप्टीन महिला फुटबल च्याम्पियनसिपमा नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ ।

समुह चरणको पहिलो खेलमा पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले अन्तिम ४ मा स्थान पक्का गरेको हो । समुह बी बाट नेपाल र बंगलादेश सेमिफाईनल पुग्न सफल भएका छन् । समुह चरणका दुवै खेलमा पराजित हुँदै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

समुह चरणमा नेपाल र बंगलादेशले समान ३ अंक जोडेका छन् । थिम्पुस्थित चालिमिथाङ रंगशालामा सहज जित निकाल्ने क्रममा नेपालले दुवै हाफमा समान २/२ गोल ग¥यो । नेपालले सुरुवाती अग्रता ८ औ मिनेटमा अनुष्का शेर्पाको गोलबाट लिएको थियो । १४ औ मिनेटपछि सविना राना मगरले नेपालको अग्रतालाई दोब्बर बनाएकी थिईन् ।

नेपालले अब समूह चरणको दोस्रो खेलमा अगष्ट १३ मा बङ्गलादेशसंग खेल्नेछ ।