अन्ततः गुठी विधेयक फिर्ता : मन्त्री पद्मा अर्यालले गरिन् घोषणा

title
मङ्लबार, असार ३, २०७६

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धी एकीकरण गर्न बनेको विधेयक फिर्ता लिने घोषणा गरेको छ।चौतर्फी विरोध र आन्दोलन थेग्न नसक्ने देखिएपछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरी गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन्।

सरकारले गुठी सम्बन्धि विधेयक संसदमा लगेसँगै चर्को विरोध भएपनि सरकारले ‘गुठी सामन्तवादसँग जोडिएको’ भन्दै त्यसलाई फिर्ता लिने स‌केत दिएको थिएन। काठमाडौका नेवार समुदायले जीवन पद्धतिसँग जीडिएको गुठी माथि हमला गरेर धर्म र संकृतिमाथि नै आक्रमण गरेको भन्दै आन्दोल समेत गरिसकेको छ।

बुधबार देखि नेवार सभ्यताभित्रकासहित अन्य नागरिकसमाजले आन्दोलन कडा बनाउने चेतावनी दिएपछि दवावमा परेर सरकारले विधेयक फिर्ता लिएको हो।