अन्तर्राष्ट्रिय मानव अधिकार दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाईयो

title
सोमवार, मंसिर २४, २०७५

काठमाडौ । ७०औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ ।

यसै अवसर पारेर  बिहान काठमाडौंमा पनि मानव अधिकार प्रभातफेरी कार्यक्रम गरिएको छ । ‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आह्वानमा मानव अधिकार प्रभातफेरी कार्यक्रम गरिएको हो ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर समापन भएको थियो । प्रभातफेरीमा सहभागी भएका मानव अधिकारकर्मीहरुले मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन । उनीहरुले महिला हत्या, हिंसालगायतका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।

राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ ।