अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट : नेपाल नेदरल्याण्ड्ससंग पहिलो खेल खेल्दै, टस हारेर बलिङ गर्दै

title
बुधबार, साउन १६, २०७५

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ ।

नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ गर्ने भएसँगै नेपालले बलिङको निम्तो पाएको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्न लागेको हो ।

नेपालले पहिलो खेलमै नेदरल्यान्ड्समाथि उसैको घरेलु मैदानमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छ । नेपाली क्रिकेट टिम यतिबेला लयमा रहेको छ । यद्यपी नेदरल्यान्ड्स नेपालभन्दा बलियो टिम हो ।

नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्ने लक्ष्यमा छ ।