अन्तर्राष्ट्रिय क्रिकेट जितेको नेपाली टोली जनही ५ लाख नगदसहित सम्मानित हुने : खेलकुद मन्त्री विश्वकर्मा

title
मङ्लबार, माघ २२, २०७५

सरकारले यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रीपरिषद बैठकले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको जानकारी गराउनु भएको हो । मङ्गलवार काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिईरहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री विश्वकर्माले नयाँ पुस्तालाई पनि खेलकुद क्षेत्रमा आकर्षित गर्ने गरी खेलकुद क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । सरकारले खेलकुद क्षेत्रको विकासबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहेको पनि दोहो¥याउनु भयो ।

मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकपछि अर्को सफलता हाँसिल गर्दै गएकोमा आभार पनि व्यक्त गर्नु भयो ।