अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दै

title
आइतवार, माघ २०, २०७५

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज अन्तिम खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग भिड्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।

खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ । यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।