अपहरण मुद्दामा मुख्य योजनाकारलाई साधारण तारेख

title
सोमवार, कार्तिक २६, २०७५

काठमाडौं – युवती प्रयोग गरी व्यवसायीहरूलाई अपहरण गरेर पैसा असुल्ने गिरोहका मुख्य योजनाकारका रूपमा प्रहरीले पक्राउ गरेका व्यक्ति साधारण तारेखमा छुटेका छन्।सिन्धुलीका पुष्पराज श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडेको हो ।

सिन्धुलीकै ठेकेदार रमेश कुँवरलाई बन्धक बनाई श्रेष्ठ नेतृत्वको गिरोहले दुई वर्षअघि फिरौती लिएर छाडेको थियो । सो मुद्दामा पाँचजना यसअघि नै पक्राउ परेकोमा श्रेष्ठ भने फरार थिए ।

महानगरीय अपराध महाशाखाले उनलाई २६ भदौमा गुन्डागर्दीको आरोपमा पक्राउ गरेको थियो । पक्राउ गर्दा उनी अपहरण मुद्दामा फरार अभियुक्त भएको खुल्यो । तर, अनुसन्धान प्रक्रियामै चलखेल गरी उनी छुटेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।