अपहरण शैलीमा डा. केसीलाई उठाउन लागेको भन्दै विरोध

title
बिहिबार, साउन ३, २०७५

काठमाडाैं । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचारार्थ काठमाडौं ल्याउन जुम्ला पुगेको सरकारी टोलीमाथि विद्यार्थीहरुले अवरोध गरका छन् । हेलिकप्टरमा पुगेको सरकारी टोली डा. केसीसम्म पुग्न नदिन विद्यार्थीहरूले मानव साङ्ग्लो बनाएर रोकेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा ठूलो मात्रामा सुरक्षाकर्मी खटाएर सरकारले जबरजस्ती लैजाने तयारी गरेकाे जनाइएकाे छ । विद्यार्थीहरुले सुरक्षाकर्मी लगायत सरकारी अधिकारीहरुलाई भित्र पस्न दिएका छैनन्। डाक्टर केसीले पनि माग पूरा नभएसम्म काठमाडौं नजाने बताएका छन् । ‘सरकारले डा. केसीलाई जबरजस्ती अपहरण शैलीमा उठाएर लैजाने तयारी गर्दैछ। यो गुण्डागर्दी शैली तत्काल बन्द गरियोस्,’ केसी समर्थकले भने।

सरकारले आज बिहान डा. केसीलाई काठमाडौं ल्याउन हेलिकोप्टर पठाएको थियाे । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले डा। केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो । डा। केसीलाई लिन डा। गुणराज लोहनीलाई त्यसतर्फ पठाइएको छ । शिक्षमन्त्री पोखरेलका अनुसार डा. केसीलाई काठमाडौं ल्याएपछि त्रिवी शिक्षण अस्पतालमा राखिने छ।

केसीको स्वास्थ गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो । यसैबीच, जुम्लामा अनसनरत डा. गोविन्द केसीले सरकारले आफ्नो माग पुरा नगरी अपहरण गरेर काठमाडौं लैजान लागेको बताएका छन् ।